युवतीलाई जबर्जस्ती यौन गतिविधिमा लगाउने रेस्टुरेन्ट संचालक पक्राउ

Jantedhunga

डिल कुमारी नेपाल ,चितवन ।चितवन प्रहरीले रेष्टुरेन्टमा काम गर्ने महिलालाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा एकजना रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १६, शिवघाटमा 'गोर्खाली रेष्टुरेन्ट' सञ्चालन गर्दै आएका ३३ वर्षीय नारायण कुँवर रहेका छन्।

 कुँवरले २०८२ साल पुष महिनादेखि आफ्नो रेष्टुरेन्टमा वेटरको काम गर्ने महिलालाई विभिन्न लोभ-प्रलोभन देखाई त्यहाँ आउने ग्राहकहरूसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले पक्राउ परेका प्रतिवादी कुँवरमाथि मानव बेचबिखन कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन।

Jantedhunga
प्रतिक्रिया