मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु

Jantedhunga

बिराटनगर । मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

आज (शनिबार )मोरङको पथरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ ।

 तीव्र गतिमा रहेको टिपरलाई मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया