एमाले नेतृ गेलालले दिइन् बिध्यालयलाई कुर्सी उपहार ।

Jantedhunga

नेकपा एमाले जिल्ला कमिटी खोटाङकी लेखा सदस्य तथा पुर्व गाउँकार्यपालिका सदस्य कमला गेलालले खोटेहाङ ३ सावाकटहरेमा अवस्थित श्री शिक्षा दिप प्राथमिक बिध्यालयलाई नौ थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेकी छिन् । 

गेलाल गत स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको प्रत्यासी पनि हुन। निर्वाचन ताका आफ्नो कार्यकालको सम्पुर्ण सेवा सुबिधा गर्भवती महिलाको उपचारमा खर्चिने घोषणा गरेर निर्वाचनमा होमीएको थिइन।तीन दलिय गठबन्धनमा छिनो मतान्तरले पराजय भएकी गेलाल अहिले पार्टी काम र समाजसेवामा निरन्तर लागि रहेकी छिन् । 

बिध्यालयको एक कार्यक्रममा आमन्त्रण गरिएको र कार्यक्रममा सहभागी हुँदा कुर्सीको अभाव देखेर उहाँले बिध्यालयलाई कुर्सी उपहार दिने वचन दिए लगत्तै कुर्सी हस्तान्तरण गरेकोमा आफुहरु हर्सित भएको शिक्षिका बिमला राईले बताइन। 

बिध्यालयमा कार्यक्रमको सिलसिलामा पुगेको र कुर्सीको आवश्यक्ता देखेर बिध्यालयले गर्ने आगामी कार्यक्रम थप ब्यबस्थित होस् भन्ने उदेश्यले आफुले सानो सहयोग गरेको नेतृ गेलालले बताइन। आफ्नो रुचि नै समाजसेवा भएकाले हर बखत समस्या र अफ्ठारामा परेका ब्यक्ती देखि संस्थाहरुलाई समेत सहयोग गर्दै आइरहेको समेत बताइन।

Jantedhunga
प्रतिक्रिया