धनकुटामा छोराद्वारा बाबुको हत्या

Jantedhunga

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलोढुंगामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । ३२ वर्षीय युवराज लिम्बूले काठको चिरपट प्रहार गर्दा उनका ७० वर्षीय बाबु अमरध्वज लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजेतिर युवराजले अमरध्वजको टाउकोमा काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाइते भएका अमरध्वजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी नारायण रञ्जितकारले बताए ।

घटनाबारे प्रहरीले बिहान करिब ६ः१५ बजेतिर जानकारी पाएको थियो । त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले बाबुको हत्या गरेर फरार भएका युवराजलाई घरबाट करिब ५ सय मिटर दक्षिणतर्फको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको एसपी रञ्जितकारले बताए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या गर्नुको कारण खुल्न नसकेको र अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

Jantedhunga
प्रतिक्रिया