इटहरी । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले ४ सय जना ई–रिक्सा (सिटी सफारी) चालकलाई ‘सुरक्षित चालक’ लेखिएको पोसाक वितरण गरेको छ ।
‘सुरक्षित चालक अभियान’अन्तर्गत कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सवारी चालक अनुमतिपत्र प्राप्त चालकहरूलाई क्यूआर कोडसहितको पोसाक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रहरी उपरीक्षक गिरीले चालकको जिम्मेवारी, सडक अनुशासन तथा सुरक्षित यात्राका विषयमा जानकारी गराएका थिए । उनले अभियानले चालकहरूमा सडक सुरक्षाप्रति थप जिम्मेवार भावना विकास गर्नुका साथै दुर्घटना घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ई–रिक्सा छाता संगठन इटहरीका अध्यक्ष कुमार तामाङले सुरक्षित चालक अभियानले सिटी सफारी चालकहरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत बनाउने र सडक अनुशासन कायम गर्न सकारात्मक भूमिका खेल्ने बताए ।
कार्यक्रममा सुरक्षित चालक पोसाक उपलब्ध गराउन सहयोग गर्ने तथा ट्राफिक व्यवस्थापनमा निरन्तर सहकार्य गर्दै आएका विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी, स्थानीयवासी, ट्राफिक प्रहरी, ई–रिक्सा संघका प्रतिनिधि तथा सिटी सफारी चालकहरूको सहभागिता रहेको थियो ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो