काठमाडौं । नेकपा एमालेले बाढी प्रभावित नागरिकको उद्धार तथा मानवीय सहायता कार्यमा अग्रपंक्तिमा खटिन पार्टीपंक्तिलाई निर्देशन दिएको छ।
बुधबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा मानवीय सहायतामा सक्रिय हुन विशेष निर्देशन दिएको हो।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर बाढीपीडितको उद्धार र राहतमा जुट्न आह्वान गरेको छ।
बैठकले विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएकाले बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको तत्काल स्थानान्तरण तथा आवश्यक पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र उपलब्ध विकल्प परिचालन गरी तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज घोषणा गर्नसमेत एमालेले माग गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो