खोटाङको याम्खामा आपसी लेनदेन विवादमा खुकुरी प्रहारगरि हत्या

Jantedhunga

खोटाङ, असार २५ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा आपसी लेनदेनको विषयलाई लिएर भएको विवादमा एक जनाको हत्या भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय धुर्ब अधिकारी रहेका छन्। प्रारम्भिक जानकारीअनुसार अधिकारी लेनदेन सम्बन्धी विषयमा छलफल गर्न ५३ वर्षीय तिलकबहादुर मग्रातीको घर पुगेका थिए। कुराकानीका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि घटना भएको प्रहरीले जनाएको छ।

विवादकै क्रममा तिलकबहादुर मग्रातीले खुकुरी प्रहार गर्दा अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते भएका अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आरोपित तिलकबहादुर मग्रातीलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण, पृष्ठभूमि तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया