बैशाख ९ गते। बिराटनगर । झापाको शिवसताक्षी नगरपालिका-७ मा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालीकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पठाएको छ। घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
Jantedhunga
sunday 21 apr 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो