राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत

Jantedhunga

काठमाडौँ, ३० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गर्नुभएको छ । 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिनुभएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो । 

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 


Jantedhunga
प्रतिक्रिया