दिप्रुङमा ६ बिध्यालयको परीक्षा अनुगमन, IEMIS रिपोर्टका २७% बिध्यार्थी परीक्षामा भेटिएनन्।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक बर्ष २०८० को संचालित अर्धबार्षिक परीक्षासंगै बिध्यालय अनुगमन सुरु गरेको छ। गत १६ गते सोमवार देखि गाउँपालिका भित्रका ४९ ओटै बिध्यालयहरुमा एकरुपताका साथ परीक्षा संचालन भइरहेको छ।

परीक्षा संचालन भएकै दिन देखि परीक्षालाई मर्यादित र प्रभावकारी बनाउन तथा परीक्षामा सहभागी बिद्यार्थीहरुको तथ्यांक संंकलन गर्न भन्दै शुरु गरेको अनुगमन अन्तर्गत ६ बिध्यालयको  परीक्षा अनुगमन गर्दा IEMIS रिपोर्ट अनुसारका ६ बिध्यालयको जम्मा बिध्यार्थी संख्या १५८८, परीक्षामा सहभागी ११५१, अनुपस्थित ४३७ (२७.५१%) प्रतिशत बिध्यार्थी परीक्षामा अनुपस्थित रहेको भेटिएको छ। जस अन्तर्गत IEMIS रिपोर्ट अनुसार जनता मा.बि. बतासे जम्मा बिध्यार्थी ३२०, परिक्षामा सहभागी २५८ जना, अनुपस्थित ६२ जना (१९.३७%), शान्ती मा.बि. छोरम्बु जम्मा बिध्यार्थी २१४, परिक्षामा सहभागी १८२ जना, अनुपस्थित ३२ जना (१४.९५%), मिनाकर्ण मा.बि. सापातेल जम्मा बिध्यार्थी २२६, परिक्षामा सहभागी १६२ जना, अनुपस्थित ६४ जना (२८.३१%), याङ्सोला मा.बि. याङ्सोला जम्मा बिध्यार्थी १५१, परिक्षामा सहभागी ८६ जना, अनुपस्थित ६५ जना (४३%), कृष्ण मा.बि. टेम्मा जम्मा बिध्यार्थी ३९९, परिक्षामा सहभागी ३१५ जना, अनुपस्थित ८४ जना (२१.०५%), शान्ती मा.बि. टेम्मा जम्मा बिध्यार्थी १६६, परिक्षामा सहभागी १३१ जना, अनुपस्थित ६६ जना (३३.५०%) र जनजागृती आ.बि.जम्मा बिध्यार्थी ७२, परिक्षामा सहभागी ४२ जना, अनुपस्थित ३० जना (४१.६६%) रहेको छ।

बिध्यालयहरुमा सरकारले IMIES रिपोर्टको बिध्यार्थी संख्याकै आधारमा पाठ्यपुस्तक, छात्राबृती, दिवाखाजा तथा अन्यको सरकारी अनुदान प्रदान गर्दै आएको छ। गाउँपालिकाले शिक्षा शाखामा दुईजना बिध्यालय निरिक्षकको ब्यबस्था गरि बिध्यालय अनुगमनलाई तिब्रता दिइरहेको छ।

गाउँपालिकाले आगामी शैक्षिक कार्यक्रम तथा योजना निर्माण गर्न बिध्यार्थीहरुको आधिकारिक तथ्यांक संकलनको लागि परीक्षा अवधीमा अनुगमन गर्न शिक्षा शाखालाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए। अनुगमनको सुरुवातमै शाखाको रिपोर्टिङ अनुसार परीक्षामा ठूलो मात्रामा बिध्यार्थीहरुको संख्या अनुपस्थित रहेकोले कडाईका साथ सबै बिध्यालयहरुमा अनुगमन गर्न र यसको खास कारण समेत खोजी गर्न शिक्षा शाखालाई थप निर्देशन दिइएको भन्दै यसको सबै तथ्य प्राप्त भएपछी आबश्यक निर्णय गरिने अध्यक्ष राईले बताए।


Jantedhunga
प्रतिक्रिया