काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । शुक्रबार प्रकाशित नामावली अनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ ।गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट र शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएका हुन ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा चौतारी प्यानल बाट गोविन्दप्रसाद चौलागाईं र प्रेस सेन्टरको प्यानल बाट रोशन पुरी सहित दामोदरप्रसाद दवाडीर दीपक आचार्यले उम्मेदवारी दिएका छन।
महिला उपाध्यक्षमा गङ्गा पौडेल बराल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलबाट र पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार छन् ।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् ।
महासंघको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो