एमसिसी तत्काल खारेज नगरे कम्युनिस्ट समाजवादी पार्टीले कडा आन्दोलन गर्ने

Jantedhunga

काठमाडौ ।अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने र नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै कम्युनिस्ट समाजवादी पार्टीले बिरोध जनाएको छ।

अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको  भन्दै   नेपाल सरकारलाई उक्त निर्णयबारे जानकारी दिइएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।      यसैबीच समाजवादी कम्युनिस्ट पार्टी, नेपालले एक बिज्ञप्ति जारी गर्दै अमेरिकाले "सार्भभौम मुलुकलाई विकासका नाममा बिदेशीको कृडास्थल बनाई रणमैदानमा परिणत गर्न र नेपालको श्रोत साधनमा कब्जा गर्ने उदेश्यका साथ परियोजना संचालनमा आउन लागेको" भन्दै बिरोध जनाएको छ।                                                       पार्टीका संयोजक हरिकृष्ण गजुरेल "भाष्कर " द्वारा हस्ताक्षरित प्रेस  बिज्ञप्तिमा कुनै पनि स्वाभिमानी नेपालीलाई वैदेशिक हस्तक्षेप स्विकार्य नहुने भन्दै राष्ट्रघाती संझौता तत्काल खारेज गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ।                                      उक्त सम्झौता तत्काल खारेज नगरिए पार्टी सशक्त आन्दोलनमा उत्रने भन्दै  संघर्षको लागि तयार रहन समेत  "भाष्कर" ले आम स्वाभिमानी नेपालीहरू लाई अपिल गरेका छन् ।

Jantedhunga
प्रतिक्रिया