डिलकुमारी नेपाल भरतपुर।फाल्गु८ गते, ।प्रजातन्त्र दिवसको अवसरमा भरतपुरमा महानगरपालिका -१० मा रहेको अटिजम विशेष विद्यालय भरतपुर १० का बिध्यार्थी हरु का लागि महानगरपालिकाका तर्फबाट नगर प्रमुख रेणु दाहालले शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेकी छन। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले अन्य सामान्य बच्चाभन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व ग्रहण गर्दै अटिजम भएका बिध्यार्थी हरु का लागि बिशेश बिध्यालय स्थापना गरेको बताइन्। भरतपुर महानगरपालिका देशमै पहिलो नेपाल सरकारको मान्यता प्राप्त अटिजम विशेष विद्यालय स्थापना गरे पनि पर्याप्त साधन श्रोतको अभाव मा आवश्यक स्तरोन्नति हुन नसके पनि बिगतको तुलनामा उल्लेख्य सुधार भएको भन्दै प्रमुख दाहालले आगामी दिनमा महानगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पुर्याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, बौद्धिक अपाङ्गता भएकालाई नारायणी माविमा विशेष कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउने सुविधा दिईएकाे समेत प्रमुख दाहालले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विशेष स्याहार गर्नुपर्ने धारण राखेका थिए । उक्त कार्यक्रममा अटिजम भएका विद्यार्थीलाई महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शैक्षिक तथा खेलकुदको सामाग्रीहरू हस्तान्तरण गरेका थिए । विशेष विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिएका छन।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो