विराटनगर । विराटनगरबाट उदयपुर सदरमुकाम गाईघाट जाँदै गरेको यात्रु बस कोशी ब्यारेजबाट कोशी नदीमा खसेको छ ।
बिहीबार साँझ अन्दाजी ६ बजेर १० मिनेटको समयमा को १ ख ४६०१ नम्बरको उक्त यात्रुबाहक बस कोशीमा खसेको सप्तरी प्रहरीले जनाएको छ ।
बसमा करिव २० जना यात्रु रहेको जनाइएको छ । कोशी ब्यारेजको ३६ नम्बर ढोका नजिकैबाट बस नदीमा खसेको हो । प्रहरी र स्थानीयले बसबाट यात्रुहरूको उद्धार गरेका छन् ।
दुर्घटनाको कारण खुलेको छैन । उक्त बस ब्यारेजको बारबाट उछिट्टिएर नदीमा खसेको छ । पानीमा बस खसेपनि डुब्न नपाएको जनाइएको छ ।
पानीको बिचमा बस कोल्टे परेर खसेका कारण यात्रुहरू डुब्न नपाएको र प्रहरीले यात्रुहरूलाई उद्धार गरिरहेको जनाएको छ ।
Jantedhunga
thursday 26 sep 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो