गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको गस्ती प्रहरी टोलिले संका लागी चेकजाँच गर्दा उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ११मा रहेको रामजानकी पार्टी प्यालेस अगाडी शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको स.१.ज. १४७८ नं. को पिक अप गाडी बाट भन्सार छली ल्याएको ३३ बोरा चिनी अं. मुल्य १,२३,७५० (एक लाख तेईस हजार सात सय पचास मात्र) र सख्खर १० के.जी अं. मुल्य रु. ५०० (पाँच सय मात्र ) गरी जम्मा १,२४,२५०।– (एक लाख चौबिस हजार दुई सय पचास मात्र) को सामान र पिकअप भ्यान समेत नियन्त्रणमा लिई आवस्यक अनुसन्धान पश्चात् थप कार्वाही को लागि सर-सामानहरु, सवारी साधन र चालक त्रीयुगा नगरपालिका ११का ३५ वर्षीय रन्जित चौधरी लाई सेतुबन्द भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको प्रहरीले जनाएको छ।
Jantedhunga
thursday 05 oct 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो