मुलुकमा सङ्कट आइपर्दा सबै राजनीतिक दल एकजुट हुनुपर्छ - महासचिव पोखरेल

Jantedhunga

तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुकमा सङ्कट आइपर्दा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तुलसीपुर उपमहानगरपालि पमहानगरपालिका–११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरणका अवसरमा उहाँले मुलुकमा विश्वासको वातावरण बनाएर राजनीतिक दलहरू एकजुट हुन आवश्यक रहेको बताउनुभयो । 

उहाँले एमालेलाई अहिले नै प्रधानमन्त्री पद आवश्यक नभएको बताउनुभयो । “धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन् तर अहिले हामीलाई प्रधानमन्त्री चाहिएको होइन”, उहाँले भन्नुभयो, “हामी यो समीकरणलाई आउने चुनावसम्म कायम राख्न चाहन्छौँ, त्यसभन्दा पछि पनि जानसक्छ ।”

उहाँले टरिगाउँ विमानस्थलको धावनमार्ग एक हजार पाँच सय मिटर विस्तार गरिने बताउनुभयो । त्यस्तै चारलेन सडक निर्माणका लागि पनि सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो । 

संविधानलाई परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि पहिलो र दोस्रो पार्टी मिल्नुपर्नेमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले जोड दिनुभयो । कार्यक्रममा सहभागी वक्ताहरुले श्रीमणि आचार्यले शैक्षिक तथा राजनीतिक क्षेत्रमा पु¥याउनुभएको योगददानको सबैले अनुशरन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।   

सालिक राखिएको स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि उद्यान निर्माण गर्ने योजना छ । सोही ठाउँमा श्रीमणि आचार्यले नै खानेपानी ल्याएको भन्दै सालिक खानेपानी समितिको जग्गामा सालिक निर्माण गरिएको हो । पार्क निर्माणका लागि रु एक करोड ५३ लाख बजेटसमेत विनियोजन भएको छ । कम्युनिष्ट आन्दोलनका योद्धा आचार्यको २०६४ पुस ३ गते क्यान्सरका कारण निधन भएको हो ।

Jantedhunga
प्रतिक्रिया