खोटाङ। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे "आकाश" लाई पित्री शोक परेको छ। संयोजक पाण्डेका बुवा भिम बहादुर पाण्डेको मंसिर २१ राती ११ बजे निधन भएको हो।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ स.छितापोखरी स्थायी घर भएका संयोजक पाण्डेको ८८ वर्षिय बुवा झापा जिल्लाकाे गौरादह नगरपालिका वडा नं. ९ लाफादिमा बिगत दुई बर्ष देखि माइला छोरासंग बस्दै आउनु भएको थियो। संयोजक पाण्डे मृतक बाबुको कान्छा छोरा हुन।
बुवाको देहान्त पछि संयोजक पाण्डेले फेसबुक मार्फत भाबुक स्टाटस सहित आफ्नो स्व. बुवा प्रती श्रद्धाञ्जली ब्यक्त गरेका छ्न। पाण्डेले स्व. बुवालाई संबोधन गर्दै लेखेका छन, "हार्दिक श्रद्धाञ्जली बुबा हजारौं शाेसित पिडित बाउ आमाहरूका अधुरा सपनाहरूलाई पूरा गर्ने यात्रामा रहदा तपाईंका सपना पनि अधुरै रहे। जन्म संगै मृत्युु सत्य थियोे । अल विदा बुबा आज म धेरै दुखि छु।" भनेका छ्न।
पाण्डेको मृतक बुवालाई बिहानसम्म गौरादह नगरपालिका वडा नं. ९ लाफादि झापामा निजको माइला छोराको निवासमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने र अपरान्ह तिर पार्थिव शरिरलाई हिन्दु धर्म सस्कार अनुसार अन्त्यष्ठी गरिने मृतकका परिवारले बताएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो