राजभक्त योङ्या। मानव सभ्यताको इतिहास विकास, संघर्ष र चेतनाको इतिहास हो। मानिसले विज्ञान, प्रविधि, राजनीति र संस्कृति मार्फत अद्भुत प्रगति गरेको छ, तर यही मानव जातिले युद्ध, हिंसा र विभाजनका कारण असीम पीडा पनि भोगेको छ। विश्व शान्ती र मानव एकता आजको आवश्यकता मात्र होइन, मानव अस्तित्वको आधारभूत शर्त बनेको छ।
सन् १९१४ देखि १९१८ सम्म भएको प्रथम विश्व युद्ध मानव इतिहासको पहिलो व्यापक विनाशकारी युद्ध थियो। युद्धमा करिब डेढ करोड मानिसले ज्यान गुमाए। राष्ट्रवाद, साम्राज्यवाद र शक्ति संघर्षले संसारलाई रक्तपातमा धकेल्यो।
यति हुदाहुदै पनि युद्धले मानवतालाई पाठ सिकाउन सकेन। सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्व युद्ध झन् भयावह बन्यो। करिब ७ देखि ८ करोड मानिस मारिए। हिरोशिमा र नागासाकीमा आणविक बम खसालिँदा मानव विवेक नै घाइते भयो। युद्ध बाट सम्पूर्ण मानव सभ्यताले हार व्यहोर्नुपरेको थियो।
पहिलो र दोश्रो विश्व युद्धपछि पनि विश्वमा स्थायी शान्ती हुन सकेन। कोरियाली युद्ध, भियतनाम युद्ध, शीत युद्ध, खाडी युद्ध, इराक युद्ध, अफगानिस्तान युद्ध, सिरिया गृहयुद्ध, रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व जस्ता अनेक युद्धहरूले आजसम्म लाखौं मानिसहरूले आफ्नो जीवन जीवन गुमाएका छन।युद्धले केवल सीमामा एउटामात्र क्षेत्रमा असर गर्दैन —यसले भोक, शरणार्थी संकट, आर्थिक असमानता, आतंकवाद, पर्यावरण विनाश र पुस्तौंसम्म मानसिक आघात जन्माउँछ।
शक्ति र प्रभुत्वको लोभ,धार्मिक र जातीय असहिष्णुता ,आर्थिक स्वार्थ ,प्राकृतिक स्रोतको नियन्त्रण ,राष्ट्रवादको उग्र रूप ,राजनीतिक अहंकार जस्ता कारणले युद्ध हुने गर्छन् ।जब मानिसले मानिसलाई “अरू” ठान्छ, त्यहीँबाट विभाजन सुरु हुन्छ। त्यसैले विश्व शान्ती तथा मानव एकता अहिलेको सबैभन्दा महत्वपूर्ण बिषय हो।
शान्ति केवल युद्ध नहुनु मात्र होइन; न्याय, समानता, सहअस्तित्व र पारस्परिक सम्मान हुनु हो।मानव एकता भन्नाले जात, धर्म, भाषा, रंग, भूगोलभन्दा माथि उठेर “हामी एउटै मानव परिवार हौँ” भन्ने चेतनाको बिकास हुनु हो।
संयुक्त राष्ट्रसंघ (UN) स्थापना नै युद्ध रोक्ने प्रयास थियो। तर संस्थागत प्रयास मात्र पर्याप्त छैन। शान्ति हतियारले होइन, चेतनाले आउँछ।
आज विश्व आणविक हतियार, जलवायु संकट, साइबर युद्ध, आतंकवाद र भू-राजनीतिक तनावले घेरिएको छ। तेस्रो विश्व युद्धको सम्भावना बारे बहस भइरहेका बेला शान्तिको आवाज अझ बलियो हुनुपर्छ।
यदि मानव जातिले अब पनि युद्धलाई समाधान ठानिरह्यो भने भविष्य हामी र हाम्रा सन्तति हरुको भविस्य जोखिममा पर्न सक्छ।
इतिहासले प्रमाणित गरेको छ—युद्धले साम्राज्य बनाउन सक्छ, तर मानवता जोगाउन सक्दैन।आजको आवश्यकता हतियारको होइन, संवादको हो। प्रभुत्वको होइन, सहकार्यको हो। विभाजनको होइन, मानव एकताको हो।
विश्व शान्ती कुनै आदर्श मात्र होइन,यो मानव सभ्यता बचाउने अन्तिम विकल्प हो।
जय विश्व शान्ती । जय मानव एकता
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो