काठमाडौं । यस वर्ष बडादसैँको महाअष्टमी तिथि दुई दिन परेकाले आइतबार र सोमबार अष्टमीको पूजा तथा व्रत गरिँदै छ। आइतबार कात्तिक १ गते महाअष्टमी व्रत मनाइएको थियो भने आज सोमबार कात्तिक २ गते पनि अष्टमीको पूजा तथा व्रतलाई निरन्तरता दिइएको छ।
तिथिको घटबढ र पञ्चाङ्ग गणनाका कारण यस वर्ष महाअष्टमी दुई दिन परेको हो। सोहीअनुसार स्थानीय परम्परा र पञ्चाङ्गअनुसार भक्तजनले दुर्गा भवानीको पूजा–आराधना गरिरहेका छन्।
महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन दसैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा–आराधना गरिन्छ। कतिपय स्थानमा परम्पराअनुसार पशुबलि दिने चलनसमेत छ।
महाअष्टमीका अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने धार्मिक मान्यता छ। वैदिक सनातन परम्परामा यस दिनलाई शक्तिस्वरूपा दुर्गा भवानीको आराधना गर्ने विशेष अवसरका रूपमा लिइन्छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो