जन्तेढुंङा सम्बाददाता, बैशाख १६ गते ।मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा बाट लागूऔषध ब्राउन सुगर र भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् ।
आज दिउसो सँवा २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतिय नोट ५०० दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतिय रुपैयाँ सहित पक्राउ गरिएको हो । पक्राउ परेका सैफलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Jantedhunga
sunday 28 apr 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो