विराटनगर । मोरङको जहदा गाउँपालिकामा प्रहरीले ६ किलोभन्दा बढी गाँजासहित १५ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरको संयुक्त प्रहरी टोलीले शुक्रबार साँझ करिब ६ बजेतिर जहदा गाउँपालिका–२ स्थित मिलन चोकमा शंकास्पद अवस्थामा साइकलमा यात्रा गरिरहेका बालकलाई रोकी चेकजाँच गरेको थियो।
मिलन चोकबाट डुमरियातर्फ जाँदै गरेको साइकल जाँच गर्ने क्रममा जहदा गाउँपालिका–७ निवासी १५ वर्षीय बालकको साथबाट ६ किलो २८० ग्राम प्रतिबन्धित गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र साइकलसहित बालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे इन्स्पेक्टर प्रवणी घिमिरेको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा बालकसम्म कसरी पुग्यो, कहाँ लैजान लागिएको थियो र यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो