दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभाको १४ औँ अधिबेशन सम्पन भएको छ।
अधिबेशनले आ.व. २०८०/०८१ को संशोधित बजेट र कार्यक्रम, गाउँपालिका प्रहरी ऐन २०७७ पहिलो संशोधन, कर्मचारी दरबन्दी तेरिज छलफल र संशोधन सहित पास गरेको छ।
गाउँ सभाको अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा सम्पन अधिबेशनमा आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रम गाउँ सभाको उपाध्यक्ष अरुणा थापा मगर, गाउँपालिका प्रहरी ऐन २०७७ पहिलो संशोधन वडा नं. ७ का वडाध्यक्ष गन्धमान मगर र दरबन्दी तेरिज गाउँसभाका सचिव प्रमुख प्रसासकीय अधिकृत पिएस्पी चाम्लिङले निर्णयार्थ पेश गर्नु भएको थियो।
Jantedhunga
saturday 18 may 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो