दिक्तेल। नेपाल निजामती कर्मचारी युनियन खोटाङको नवौं जिल्ला अधिबेशन बाट शम्भु तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्विरोध चयन भएको छ।
अधिवेशन बाट खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन बास्तोला, सह–सचिवमा गिरिराज रानामगर र कोषाध्यक्षमा नवराज कटवाल चयन भएका छन् । अधिवेशनले खुला सदस्यहरुमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल, महिला सदस्यहरुमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राईलाई चयन गरेको छ।समितिका अन्य तीनजना सदस्य पछि मनोनित गरिने जनाइएको छ। पाँचजना प्रदेश प्रतिनिधि मध्ये नवराज रिजालले ६५, योगेश श्रेष्ठले ८४,रविनकुमार फुयलले ८० र विवेक पराजुलीले ७४ मत पाएर निर्वाचित भएका छ्न भने चन्द्रमाया राई निर्विरोध निर्वाचित भएकी थिइन् ।
यसैगरी पाँचजना महाधिवेशन नेपाल निजामती कर्मचारी युनियन खोटाङको जानुका श्रेष्ठ निर्विरोध चयन भएको र निर्वाचनमा सहभागी खेमराज आचार्यले ७९, प्रकाश घिमिरेले १०४, रमेश पोखरेलले १०० र रामकुमार राईले ७८ मत प्राप्त गरेर निर्वाचित भए ।
युनियनका केन्द्रीय सदस्य शान्त राज राईको प्रमुख आतिथ्यतामा सप्पन्न अधिवेशनमा प्रदेश तथा महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा युनियनको १६९ जना मतदातामध्ये १२५ जना मतदानमा सहभागी भएको जानकारी दिइएको छ। युनियन नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरुको संगठन हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो