नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

Jantedhunga

काठमाडौ ।नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।                                                                       एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ । आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

यस्तै, वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि छलफल हुने उनले बताए ।

Jantedhunga
प्रतिक्रिया