झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट हिनामिना प्रकरण :पुर्व मन्त्री सहित पाँचजना दोषी

Jantedhunga

काठमाडौं । भ्रष्टाचारको आरोपमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जना दोषी ठहर भएका छन् । विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा कुमारसहित ५ जना दोषी ठहर भएका छन् ।

मंगलबार अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वमन्त्री कुमारसहित प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई दोषी ठहर गरेको हो ।                                                                    अदालतका अनुसार लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको कसुरमा तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

Jantedhunga
प्रतिक्रिया