सुनसरीबाट लागूऔषध सहित २ जना पक्राउ

Jantedhunga

 बैशाख १४ गते ।


सुनसरी ।सुनसरी धरानको विभिन्न स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।            इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले     हिजो दिउसो धरान उपमहानगरपालिका ८ तिनकुनेबाट   धरान उपमहानगरपालिका ७ का ३४ बर्षीय प्रेम बि.क.लाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९ , लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको छ ।

यसै गरी हिजो बेलुका साढे ४ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले  धरान  उपमहानगरपालिका १३ आपगाछीबाट मोरङको कानेपोखरी गाँउपालिकाका २३ बर्षीय उशन बिश्वकर्मालाई ४ केजी गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको बिषयमा  थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया