रामेछापमा डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

Jantedhunga

रामेछाप ।रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 डढेलोका कारण बस्तीका दुई घर जलेका छन् । साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।

 

Jantedhunga
प्रतिक्रिया