काठमाडौ ।अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सञ्चालन गरेको छ । योग प्रशिक्षण शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले हाम्रा ऋषिमुनीले योगलाई विशेष प्राथमिकता दिएको भन्दै हामीले पनि नियमित योगको अभ्यास गर्नुपर्ने बताउनुभयो ।
वहाँले भौतिक तथा अध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता रहेको बताउनु हुदै योगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्याउने बताउनुभयो । योग प्रशिक्षक पुष्करराज पन्तले प्रशिक्षण दिनुभएको योग प्रशिक्षणमा दुईसय भन्दा बढीको सहभागिता रहेको थियो। आज नेपाल मानव धर्म समितिका देशभरीका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरुमा समेत योग शिविर सञ्चालन भएको जानकारी दिइएको छ।
Jantedhunga
friday 21 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो