हेटौंडा। हेटौँडा उपमहानगरपालिका-२ स्थित एक होटेलमा पुरुष मृत फेला परेका छन्।
हेटौँडा-२ को पल्पसा प्याराडाइज होटेलमा शुक्रबार अपराह्न काठमाडौंको चाबहिल–७ का अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका हुन्।
होटेलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बसेका मानन्धर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
प्रहरीका अनुसार उनी असोज २७ गतेदेखि होटेलमा बसेका थिए। फोन समेत नउठाएपछि प्रहरी र जनप्रतिनिधिको रोहबरमा ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला पारेको अर्यालले बताए।
मानन्धर हेटौँडास्थित मामाघर आएको जानकारी पाएको प्रहरीले जनाएको छ। उनको शव हेटौँडा अस्पतालमा राखिएको छ।
Jantedhunga
saturday 19 oct 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो