सिकार खेल्दा वन्दुकको छर्राले घाइते खोटाङका राई बिराटनगरको नोबेलबाट पक्राउ ।

Jantedhunga

खोटाङको बराहापोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङको एक स्थानीय सामुदायिक बनमा सिकार खेल्ने क्रममा  बन्दुकको छर्रा लागेर घाइते भएका ३३ का घाइते भाष्कर राई लगाएत सोही ठाउँ बस्ने बर्ष ३२ को सुमन राई र मणिराज राई समेतलाई घाइते राईको उपचारको क्रममा बिराटनगरको नोबेल मेडिकल कलेजबाट पक्राउ परेका छन्। 

उपचारको लागि अस्पताल गएको र डाक्टरलाई संका लागेर खबर गरि प्रहरीले अनुसन्धान गर्दा प्रहरी सहायक निरीक्षक धन बहादुर भण्डारीको प्रतिबेदनले बादी नेपाल सरकार प्रतिबादी मणिराज राई समेत भएको हातहतियार कसुरमा २०८०/१०/१३ गते पक्राउ गरि जिल्ला अदालत खोटाङ दिक्तेलबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। 

प्रहरीको टोलीले स्थानीय सितापाइला सामुदायिक बनबाट अवैध हतियार (भरुवा बन्दुक) थान २ समेत बरामत गरिएको स्रोतले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया