काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ ।
प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले भोटेकोसी नदीमा बाढीको जोखिम अझै कायम रहेको जानकारी गराएका छन् । बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा पहिरोका कारण नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको उल्लेख छ ।
ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले चीनतर्फबाट प्राप्त सूचनाका आधारमा अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
Jantedhunga
wednesday 26 aug 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो