नेपाल सितोरियो सोबुकान चितवनको सिनियर खेलाडी ग्रेडिङ कार्यक्रम सम्पन्न

Jantedhunga

डिल कुमारी नेपाल, चितवन। नेपाल सितोरियो सोबुकान कराँते चितवनद्वारा सञ्चालित सिनियर डान ग्रेडिङ अन्तर्गत फर्स्ट डान, सेकेन्ड डान तथा थर्ड डान ग्रेडिङ उत्तीर्ण खेलाडीहरूलाई बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको छ।

आज(जेष्ठ २३ गते ) आयोजित कार्यक्रम ग्रेडिङ कमिटीका संयोजक सुधिर श्रेष्ठ को प्रमुख आतिथ्यता सम्पन्न भएको  थियो। कार्यक्रममा तीर्थराज श्रेष्ठ, अमर श्रेष्ठ, डा. सुरेन्द्र प्रसाद श्रेष्ठ, संजय गुप्ता तथा आश्विन श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कराँते प्रशिक्षक टार्जन श्रेष्ठ अतिथिका रूपमा सहभागी कार्यक्रमलाई भव्य र सभ्य बनाउन कराँते प्रशिक्षकहरू प्रजिल श्रेष्ठ, फुर्बा तामाङ, बुद्धिमान सेन्चुरी, सुदन दराई, दीपेन्द्र श्रेष्ठ, सन्तोष श्रेष्ठ, अजय तामाङ, शोभा लामा तथा सलमान मोहम्मद लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा ग्रेडिङ उत्तीर्ण खेलाडीहरूलाई प्रमाणपत्र तथा सम्बन्धित बेल्ट प्रदान गरिएको थियो। वक्ताहरूले कराँते खेलले अनुशासन, आत्मरक्षा तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएका थिए।

नेपाल सितोरियो सोबुकान कराँते (चितवन) का अध्यक्ष रफि अन्सारी ले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, प्रशिक्षक, अभिभावक तथा खेलाडीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले कराँते खेलको विकास र खेलाडी उत्पादनका लागि संस्थाले आगामी दिनमा पनि निरन्तर कार्यक्रम सञ्चालन गर्ने बताए।

Jantedhunga
प्रतिक्रिया