नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा संबिधान सभा सदस्य विशाल भट्टराईको आकस्मिक स्वास्थ्यमा समस्या देखा परेपछी अस्पताल भर्ना भएका छन् । स्थायी घर खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. ७ खोटाङबजार भएका भट्टराई पार्टी कामको सिलसिलामा झापा गएका थिए। भट्टराई अहिले झापा जिल्ला इन्चार्जको जिम्मेवारीमा छ्न्। साना तिना बिराम र रोगका लक्षणबाट नगल्ने भट्टराई अन्ततः अहिले अस्पताल भर्ना भएका छन् ।
खोटाङ जिल्लामा उच्च राजनितिक हैसियत बनाईसकेका भट्टराई आकस्मिक अस्पताल भर्ना भएपछी खोटाङ जिल्ला बासी नागरिक, आफन्त, इष्टमित्र र देश, बिदेशमा भएका एमाले नेता, कर्याकर्ता र शुभचिन्तकहरुले सामाजिक संजाल मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्दै चिन्ता ब्यक्त गरिरहेका छ्न्। तर सामाजिक संजालमा भट्टराईलाई के भएको हो? भन्ने खुल्न सकेको छैन। यस सन्दर्भ हामीले भट्टराईका स्वकीय सचिव तथा अनेरास्ववियुका नेता खेमराज देउसालीलाई जिज्ञासा राख्दा भट्टराईलाई स्क्रब टाइफस रोग लागेको र हिजो माघ १५ गते सिबिल अस्पताल काठमाडौमा भर्ना भई सघन उपचार भई रहेको देउसालीले जानकारी दिए।
सुसुगामासी नामक जीवाणले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट स्क्रब टाइफस मानिसमा सर्ने गर्छ । समयमा यसको उपचार गर्न नसकेमा मानव शरीरलाई गम्भीर असर गर्ने गर्छ । मष्तिस्क, कलेजो, फोक्सो आदिको संक्रमण र कहिलेकाही बहुअंग विकारको अवस्था पनि सिर्जना हुन सक्छ । मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले टोकेमा मानिसमा सर्ने गर्छ।
यसको लक्षण उच्च ज्वरो आउनु, आँखा रातो हुनु, धेरै टाउको दुख्नु, टोकेको ठाउँमा कहिलेकाही कालो दाग देखिनु, जोर्नी र मांसपेशी दुख्नु,बिभिरा देखिनु, खोकी बान्ता पेट दुखाइ तथा पखाला लाग्नु र श्वासप्रश्वासमा समस्या हुनु ।
यसबाट वच्न किर्नाको टोकाइबाट सुरक्षित रहन खेत, झाडी वा वनजंगल जाँदा लामो बाउला भएको कपडा लगाउनुपर्छ । उपयुक्त जुत्ता लगाउनुपर्छ र शरीरको खुला भागमा किटनाशक मलमको प्रयोग गर्नुपर्छ । घर वरिपरिको खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र वातावरण सफा राख्नुपर्छ । मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो