धरानबाट ठुलो परिमाणको लागुऔषध गाँजा सहित एकजना पक्राउ

Jantedhunga

धरान, २९ वैशाख । धरान उपमहानगरपालिका–८ बाट तीन सय १३किलो गाँजासहित एक ब्यक्ति पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५का २८ वर्षीय  आशीष कार्कीलाई  स पक्राउ गरेको हो । 


धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा१०च ६८३८ नंको स्कार्पियो गाडी शङ्कास्पद अवस्थामा देखिएपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

पक्राउ परेका कार्कीका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

Jantedhunga
प्रतिक्रिया