सप्तकोशी न्युज संवाददाता
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले गत चैतमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ ।
नतिजा अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । यस्तै ३.२० देखि ३.६० सम्म ल्याउने ५५ हजार ६९ जना रहेका छन् । सबैभन्दा बढी २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २ सय ९३ रहेको छ । यस पटकको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए ।
नयाँ पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो