सुनचाँदीको मुल्य हालसम्मकै उच्च

Jantedhunga

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया