खोटाङ ।सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको खोटाङ -उदयपुर जोड्ने सुनकोशी नदिको फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान कार्य सुरु भएको छ। गत असोज १२ गते आएको बाढीले उक्त स्थानको मोटरेबल पुल बगाएपछि खोटाङ जिल्लाको दक्षिणी भेग बाट तराई संगको सिधा सम्पर्क टुटेको थियो।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले गत मङ्सिर २८ गते निर्माण कम्पनीसंग सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले यही पुस महिनाभित्र अस्थायी बेलिब्रिज जडान सकेर यातायात सञ्चालन गरिसक्नुपर्ने छ। गत असोज १२ गते आएको बाढीले पक्की पुल बगाएपछि खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सेवा बिच्छेद भएको छ।
यस अघि फोक्सिङटारमा निर्माण भएको पक्क, पुल ठेगेदार कम्पनीले हस्तान्तरण गर्न बाँकी छदै सञ्चालनमा ल्याइएको थियो। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण मोटरेबल पक्की पुल बन्न १० वर्ष लागेको थियो भने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम समेत अलपत्र छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो