बिराटनगर । मोरङ जिल्लाको अलगअलग स्थानमा एक पुरुष र एक महिला मृत फेला परेका छनविराटनगर बिराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा बुधबार बिहान अन्दाजी ५० वर्षीय एक पुरुष मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । स्थानीयका अनुसार ती व्यक्ति केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागी खाँदै हिँड्ने गरेका थिए ।
यसैगरी कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा मंगलबार साँझ ५१ वर्षीया शान्ता राई आफ्नै घरभित्र मृत फेला परेकी छिन् । नीरकुमार राईकी पत्नी शान्तालाई साँझ करिब ६ बजे ओछ्यानमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
दुवै मृतकको शव पोस्टमार्टमका लागि क्रमशः कोशी अस्पताल र मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । दुवै घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो