भ्रष्टाचार आरोपमा मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह पक्राउ

Jantedhunga

काठमाडौँ, जेठ २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँबाट खटिएको टोलीले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहलाई उपभोक्ता समितिको रकम दुरुपयोग गरेको अभियोगमा नियन्त्रणमा लिएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिहरूको खातामा जम्मा भएको रकम आफ्नो निजी सचिव विनोद कुमार लाल कायस्थमार्फत झिकाएर आफ्नै तथा श्रीमतीको खातामा जम्मा गराएको उजुरीको आधारमा अनुसन्धान थालिएको आयोगले जनाएको छ।

सोही उजुरीका आधारमा २०८२ साल जेठ २९ गते साँझ ६ः०३ बजे काठमाडौं महानगरपालिका–१० स्थित रत्नराज्य स्कुल नजिकैबाट सिंहलाई पक्राउ गरी आयोगको नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनु भयो । 

सांसद सिंह हाल धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–९ मा बसोबास गर्दै आउनु भएको छ । आयोगले सार्वजनिक रकमको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको प्रारम्भिक प्रमाणको आधारमा उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ । 

Jantedhunga
प्रतिक्रिया