खोटाङ।खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ बर्षिय दिल बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट हिजो दिउँसो खटिएको प्रहरी टोलीले राईले गोठमा लुकाई छिपाई राखेको भरुवा बन्दुक थान १ र बन्दुकमा प्रयोग हुने छर्रा सहित उनलाई नियन्त्रणमा लिएको हो ।
अवैध भरुवा बन्दुक सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।
Jantedhunga
friday 21 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो