सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ग¥र्यो कोशी प्रदेशका सिनियर क्रिकेट खेलाडीको सम्मान

Jantedhunga

जन्तेढुंगा संवाददाता

इटहरी । प्रदेश १ को सुनसरी जिल्लास्थित भोक्राहा नरसिंह गाउँपालिकाले क्रिकेट खेलका लागि ठूलो योगदान गदै आएको छ । सोही क्रममा यस पटक पनि १०० बलको क्रिकेट खेल प्रतियोगितासहित दुई जना कोशी प्रदेशका सिनियर क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सो गाउँपालिकाले राष्ट्रिय क्रिकेट टोलीका सदस्य द्वय ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । सुनसरीको भोक्राहा गाउँपालिकाले सिनियर टोलीका खेलाडी राजवंशी र यू–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २० हजार रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । 

दीपेशले यूएईको यू–१९ टोलीविरुद्ध हृयाट्रिक विकेट लिएर नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सम्मानपछि मन्तव्य राख्दै सिनियर टिमका खेलाडी राजवंशीले क्रिकेट खेलकुदका लागि आधारभुत सन्दर्भमा सरकारहरुले साथ र सहयोग गरेमा क्रिकेटलाई तल्लोस्तरबाटै उठाएर विश्व सामु चिनाउन सकिने बताए ।  

कुनै बेला क्रिकेटको उर्वरभूमि मानिएको कोशी प्रदेशबाट अहिले राष्ट्रिय सिननियर टिममा ललित र यू–१९ मा दिपेश मात्र छन् । उनीहरुलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।


Jantedhunga
प्रतिक्रिया