मोरङमा भएको अलगअलग सवारी दुर्घटनामा दुईजनाको मृत्यु

Jantedhunga

बैशाख ४ गते ।

बिराटनगर ।मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।                      आज (मंगलबार ) दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० मा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेका गरेका पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिराटनगर- १४ को  भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको छ । घटनामा संलग्न दुबै सवारी चालक तथा सवारी साधनहरुलाई  समन्धित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Jantedhunga
प्रतिक्रिया