कोशी प्रदेशको अलगअलग स्थानबाट लागुऔषध सहित ६ जना पक्राउ

Jantedhunga

 बैशाख १० गते ।

बिराटनगर ।झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियंत्रित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।                            हिजो(आइतबार )दिउँसो ३ बजे झापाको अर्जुनधारा नगरपालिका- ५ मा  लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका- ८ का ३१ बर्षीय रविन चौधरीलाई  पक्राउ गरेको हो।                         प्रहरीले चेकजाँचको  क्रममा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।                      आइतबारनै इलाम चुलाचुली गाँउपालिका- ५ घर भई हाल दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर  बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैया र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसगै तामाङलाई पक्राउ गरेको हो । 

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित कानेपोखरी गाउँपालिका- ५ का ३१ बर्षीय आकाश धिमाल र बिराटनगर- १५ ढाटबाट NITRAVET १६५ चक्की, SPASMO ८० क्यापसुल नियन्त्रित औषधी सहित ईटहरीका ४८ बर्षीय सुबास नगरकोटीलाई पक्राउ गरेको हो। सोही दिन इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैया सहित पथरीशनिश्चरेका २१ बर्षीय अनि मगर र २० बर्षीय आनीहान लिम्बुलाई पक्राउ गरेको हो छ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया