खोटाङ । खोटाङका एक शिक्षकको कुटपिटबाट मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयमा अध्यापनरत भानुभक्त राईको भोजपुरतर्फ पर्ने सालपा पोखरी क्षेत्रमा कुटपिटपछि मृत्यु भएको हो।
जनैपूर्णिमा तथा ऋषितर्पणीका अवसरमा शुक्रबार सालपा पोखरीमा लाग्ने मेलामा सहभागी हुन शिक्षक राई बिहीबार गाउँबाट त्यसतर्फ गएका थिए। लगातार तीन दिन विद्यालय बिदा भएकाले उनी संखुवासभा जाने योजनासहित घरबाट निस्किएको र सालपा पोखरी आसपासमा बसेका राईमाथि बिहीबार राति करिब १२ बजेतिर कुटपिट भएको र त्यसै क्रममा उनको मृत्यु भएको बताइएको छ।
घटना भोजपुर जिल्लाको क्षेत्रमा भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र दुर्गम क्षेत्रमा पर्ने घटनास्थलसम्म पैदल पुग्नुपर्ने तथा मोबाइल नेटवर्कसमेत उपलब्ध नहुने भएकाले घटनाको विस्तृत विवरण आउन आउन सकेको छैन।
पप्रारम्भिक जानकारी अनुसार शिक्षक राईको मृत्यु हुने गरी भएको कुटपिटमा सुङ्देलकै केही व्यक्तिको संलग्नता रहेको प्रारम्भिक जानकारी आएको छ। घटनास्थलमा पुगेको प्रहरी टोली फर्किएपछि मात्रै घटनाको कारण, संलग्न व्यक्तिलगायत विषयमा थप जानकारी आउने छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो