जितपुर सिमराको चकरी सचिन चोकदेखि अमलेखगञ्ज सडक कालोपत्रे योजना अलपत्र : स्थानीय आक्रोशित

Jantedhunga

रमेश लामा 

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ को चकरी सचिन चोकदेखि अमलेखगञ्ज सम्मको सडक कालोपत्र  गर्नका लागि गत आव २०८०/ ०८१ मा जितपुर सिमरा उपमहानगरपालिकाले बजेट विनियोजन गरेकोमा  लामो समय बितिसक्दा पनि  योजना कार्यान्वयनमा नआएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

वर्षौँदेखि मर्मत र स्तरोन्नति नभएको यो सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य बन्ने गरेको छ। सडकको अवस्था जीर्ण  हुँदा दैनिक आवतजावत र व्यवसायिक क्रियाकलापमा समस्या हुनका साथै विद्यालय जाने विद्यार्थीहरूले ठूलो समस्या झेल्दै आएका छन् ।

“हामीले बजेट पास भएको सुनेका थियौं, तर अहिलेसम्म कुनै निर्माण प्रक्रिया सुरु भएको छैन,जीर्ण हिलाम्मे  सडकमा हिँड्न बाध्य छौं,” एक स्थानीय व्यवसायीले गुनासो गर्दै भने, “जनप्रतिनिधि हरुले चुनावको बेला गरेका प्रतिबद्धता बिर्सने र परेका योजना कार्यनयनमा समेत ढिलासुस्ती हुँदा स्थानीयले विकासको अनुभुती गर्न नसकेको उनको भनाइ थियो।”

उपमहानगरपालिकाकले भने ठेक्का प्रक्रिया र प्राविधिक तयारीमा समय लागेको कारणले काम सुरु गर्न ढिलाइ भएको बताएको छ। स्थानीय उपभोक्ताले भने  उपमहानगरपालिकाको भनाइ बहाना मात्र भएको भन्दै तत्काल योजनाको  काम सुरु नभए वडा कार्यालय र उपमहानगरपालिका घेराउ लगायत कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Jantedhunga
प्रतिक्रिया