सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

Jantedhunga

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० र चाँदीमा १० ले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आज एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य एक हजार ९९५ कायम भएको छ ।

Jantedhunga
प्रतिक्रिया