त्रिधार्मिक पर्यटकीय स्थल खोटाङ हलेसी

Jantedhunga

खोटाङ । नेपालकै चर्चित धार्मिक तथा पर्यटकीय स्थल रहेको कोशी प्रदेशको खोटाङ जिल्लाको हलेसीमा वर्षैभरि विशेष प्रकारका जमघट हुने गर्दछ किनकी त्यो त्रिधार्मिक क्षेत्र पर्यटकीय स्थल पनि हो । धर्मसँगै मनोरञ्जन गर्न आउनेहरुको ओइरो लाग्ने विशेष स्थानको रुपमा हलेसीलाई लिने गरिन्छ । खास गरेर त्रिधार्मिक स्थलका रुपमा चिनिएको हेलेसीमा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुले पवित्र धामको रुपमा लिने गरेका छन् । धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको यो स्थानमा भएको यो जमघटले धार्मिक पर्यटकहरुको संख्यामा बृद्धि गराउने मात्र नभएर त्यहाँको विश्वमै चिनारी फैलने अपेक्षा लिने गरिन्छ । 

पूर्वको पशुपतिनाथ भनेर प्रख्यात् तीर्थस्थल किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’हो। खोटांग जिल्ला को तुवाचुंग नगरपालिका महादेवस्थान मा अबस्थित यस पबित्र र प्राचिन यस ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा जिबनमा आउने सबै खालको समस्या बाट मुक्ति पाउने, श्री बृद्दि हुने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। यस पबित्र गुफामा मा महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु बैकुण्ठबाट आउनु भएको किम्बदन्ती संग सम्बन्धित छ। मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । गुफा भित्र अद्भुत प्राकृतिक शिवलिंग,देवी पार्वतीको मुर्ति लगायत बिभिन्न देवी देवताको आकृति, पापद्वार,धर्मद्वार,गाई,त्रिशुल,डम्बरु लगायत विविध आकृति हरु देख्न सकिन्छ। यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् ।

Jantedhunga
प्रतिक्रिया