एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यको संख्या बढाउने

Jantedhunga

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले  स्थायी कमिटी सदस्यको संख्या  बढाउने  भएको छ । बुधबार  बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशनअघि सोही कमिटीमा रहेका १७ नेतालाई थप गर्ने निर्णय गरेको गरिएको हो ।

उक्त निर्णय भए पनि औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । यसअघि स्थायी कमिटीमा पदाधिकारी मात्रै रहने निर्णय भएको थियो । स्थायी कमिटीमा थप गरिएका १७ नेतासहितको बैठक शुक्रबार बस्ने तयारी भएको छ ।

स्थायी कमिटीको बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने तयारी छ । तर, आजको बैठकमा कार्यविभाजनको ड्राफ्ट पनि नबाँडिएको र थपिएका नेताहरूसहितको बैठकबाट नै निर्णय गर्ने जनाइएको छ ।

गत असारमा राष्ट्रिय महाधिवेशन गरेको पार्टीले हालसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन । नेताहरूले दाबी नछाड्दा जिम्मेवारी दिन सकस भएको छ ।

Jantedhunga
प्रतिक्रिया