काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस दुर्घटना : बिस्तृत विवरण आउन बाकी

Jantedhunga

काठमाडौं : काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना भएको छ। मंगलबार दिउँसो सिन्धुलीको अमारे जाँदै गरेको बस भिरपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

बसमा सवार कम्तिमा ११/१२ जना यात्रु घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ।

बसको ब्रेक फेल भएपछि केही यात्रु आफैं हाम फालेको स्थानीयले जानकारी दिएका छन्। थप विवरण आउन बाँकी रहेको छ।

Jantedhunga
प्रतिक्रिया