दिप्रुङ चुइचुम्मा गाउँपालिकामा बुहार्तन नाटक प्रर्दशन।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लैगिंक हिंसा अन्त्यको १६ दिने अभियानको अबसरमा सडक नाटक प्रर्दशन गरेको छ।

"लैगिंक हिंसा अन्त्यको सुनिस्चिता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता" भन्ने नारा सहित शुरु भएको १६ दिने अभियानको आज अन्तिम दिन गाउँपालिकाले पंंचमी बजारमा गाउँंपालिका उपाध्यक्ष अरुणा थापा मगरको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठाठाको सदस्य सचिव डा. धन प्रसाद सुबेदीको प्रमुख आथित्यमा एक कार्यक्रमको आयोजना गरि "वुहार्तन" शिर्षकको सडक नाटक प्रर्दशन गरेको हो। कार्यक्रममा गाउँंपालिका अध्यक्ष लोकेन्द्र राई, विभिन्न वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, शिक्षक, कर्मचारी, बिध्यार्थी, समाजसेवी, बुद्दिजिवीहरु लगाएत अन्यको उपस्थिति रहेको थियो।

लैंगिक हिंसा तथा घरेलु हिंसा, बेरोजगारी र बेरोजगारीबाट उत्पन्न समस्या र समाधान लक्षित सन्देशमुलक नाटक बुहार्तनमा गाउँपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले विभिन्न पात्रहरुको जिवन्त अभिनय प्रस्तुत गरेका थिए। जस अन्तर्गत एम.आई.एस. अपरेटेर सुनिता राईले (आमा), कम्प्युटर अपरेटर रन्जन फलय(बाबू), उद्दम बिकाश सहजकर्ता मिना तामाङ (बुहारी), पशु प्राबिधिक मणिराज मगर (छोरा), असिस्टेन्ट सब इन्जिनियर पशुपती पुन (छोरी), सहायक महिला विकाश निरिक्षक ओमसरा राई (उपाध्यक्ष), हेल्लो डाक्टरका टिम लिडर सुरेश प्रधान(ट्वांके), जनस्वास्थ्य निरीक्षक मुरारी सिग्देल (उजुरी अधिकृत), हेल्लो डाक्टरका स्वास्थ्यकर्मी सुशिला राई (साहुनी), कृषि प्राबिधिक प्रशान्त राई(ट्वांके साथी), पशु प्राबिधिक डिल्लीराम आचार्य (ट्वांके साथी) र गाउँ प्रहरी हवल्दार सुबिन राई सुरक्षाकर्मीको भुमिकामा देखिएका थिए। भने लेखन तथा निर्देशन अधिकृत छैटौं जनक ढुंगानाले गरेका थिए। साथै उत्कृष्ट अभिनय प्रदर्शन गर्ने (बुहारी) भुमिकाकि मिना तामाङ र छोरा भुमिकामा अभिनय गर्ने युवराज मगरलाई गाउँपालिकाले पुरस्कृत समेत गरेको छ।  

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले नाटक साहित्यको दृश्य बिद्या हो। नाटकको कथा बस्तु, पात्र वा चरित्र र प्रस्तुती तथा अभिनयले समाजमा महत्वपुर्ण सन्देश दिने भन्दै नाटकले हिंसामुक्त समाज निर्माणमा सहयोग गर्ने अपेक्षा सहित गाउँपालिकाले सडक नाटक प्रदर्शन गरेको बताए। समाजमा भएका विभिन्न हिंसा, विभेद र असमानताहरुलाई अन्त्य गर्न गाउँपालिकाले विभिन्न समयमा सन्देशमुलक कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि प्राथमिकताका यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने  समेत अध्यक्ष राईले बताए।


Jantedhunga
प्रतिक्रिया